भरतपुरको सिआरएल ल्याबको सेवा नयाँ भवनबाट सुरु, माघ १ देखि बिशेष छुट अफर

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १२ : ०४
भरतपुरको सिआरएल ल्याबको सेवा नयाँ भवनबाट सुरु, माघ १ देखि बिशेष छुट अफर

भरतपुर । भरतपुरको हस्पिटलरोडस्थित क्यापिटल रेफरेन्स ल्याब (सिआरएल) ले नयाँ भवनबाट सेवा सुरु गरेको छ । ल्याबले थप व्यवस्थापनसहित हस्पिटलरोडस्थित छहारी होटलबाट २० मिटर भित्रस्थित नयाँ स्थानबाट सेवा सुरु गरेको हो ।

नयाँ वर्षको अवसर पारेर आज (सोमबार) नयाँ स्थानबाट सेवा सुरु गरिएको ल्याबका प्रवन्ध निर्देशक अशिम श्रेष्ठले जानकारी दिए । नयाँ उच्च स्तरीय उपकरणहरुसहित थप व्यवस्थित तरिकाले नयाँ स्थानबाट सुरु गरिएको श्रेष्ठले बताए । ल्याबमा शरिरमा भएका समस्या पत्ता लगाउन हुने परिक्षणलाई थप स्तरीय र छरितो बनाउन नयाँ उपकरणहरु जडान गरिएको समेत उनले बताए ।

अब सेवाग्राहीहरुले छिटो र सहज तरिकाले सेवा लिन पाउने श्रेष्ठको विश्वास छ । 'हामीले सेवाग्राहीहरुको सहजताका लागि नयाँ ठाउँबाट सेवा सुरु गरेका छौं । थप नयाँ टेक्नोलिजोहरु पनि थपेका छौं । यसले हाम्रो सेवालाई थप सहज बनाउनेछु' उनले भने ।

यस्तै ल्याबले माघ १ गतेबाट बिशेष छुट अफर ल्याउने तयारी गरिरहेको समेत श्रेष्ठले जानकारी दिए । माघ १ गतेबाट नेपाली नयाँ वर्ष २०८१ सम्म सबै परिक्षणमा बिशेष छुट दिईने उनले बताए। "हामीले बिशेष छुटको योजना पनि बनाएका छौं । माघ १ गतेदेखि नेपाली नयाँ वर्ष २०८१ बैशाखसम्म सबै किसिमको परीक्षणमा बिशेष छुट दिनेछौ", श्रेष्ठले भने ।

२०७२ सालमा स्थापना भएको ल्याबले करिब ९ वर्षदेखि सेवा दिँदै आइरहेको छ । ल्याबमा ल्याब टेक्नोलोजिस्ट, प्याथोलोजिस्ट, एमएलटी, सिएमएलटी, बिएमएलटी गरी २० भन्दा बढी कर्मचारीले सेवा दिँदै आएका छन् । नेपाल सरकारको ख वर्गको मान्यता प्राप्त ल्याबले शरिरमा भएका समस्या पत्ता लगाउन सबै किसिमको परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस