सरकारले कृषि मन्त्रालयलाई बजेट दिन कन्जुस्याँइ गर्‍यो: सभापति देउवा

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १५ : ०२
सरकारले कृषि मन्त्रालयलाई बजेट दिन कन्जुस्याँइ गर्‍यो: सभापति देउवा

काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रलाई प्रर्या बजेट दिन आनाकानी गरेको बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् । उनले सीमा नाकाबाट अवैधरुपमा माछालगायतका बस्तुहरुको खुल्लारुपमा पैठारी हुने गरेको भन्दै यसतर्फ सरकार सचेत हुनेपर्ने बताइन् ।

सभापति देउवाले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताइन् । उनले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्नेमा जोड दिईन् ।

प्रतिक्रिया दिनुहोस