काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्क, नेपालको संभव्त सबै भन्दा ठुलो र भरपर्दो हेयर केयर ब्रान्डले सनसिल्क दसैँ भाइब नामक एउटा डिजिटल अभियान २०२१ देखि सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सब मनाउने उदेश्यले थालनी गरेको थियो। यस अभियान मार्फत सनसिल्कले एउटा समूह बनाएको छ, जुन एउटा उल्लेखनीय कदमको रुपमा देखिन्छ। यस अभियानको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भब्य बनाउने मार्ग प्रस्तुत गरेको थियो ।
अन्तर्राष्ट्रिय र स्थानिय कम्पनीहरुले डिजिटल अभियान र विशेष गरि इन्फ्लुएन्सर मार्केटिंगमा जोड दिईरहेको समयमा, सनसिल्कले “सनसिल्क दसैँ भाइब” सहित यसमा अगाडी रहेर एउटा छुट्टै पहिचान बनाएर अरु स्थानिय ब्रान्डहरुलाई मार्ग दर्शन गर्न सफल रही आएको छ । यस वर्ष यो प्रतियोगिता लेट्स सेलिब्रेट हेयर, लेट्स सनसिल्क भन्ने बिषयबस्तुमा संचालन गरिएको थियो , जसको प्रमुख उदेस्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रुपमा हेरिएको थियो। यो दशैंलाई कपालको मेगा उत्सव को रुपमा स्थापना गर्ने उदेस्यले सबै खालि कपाल प्रदर्शन गर्न प्रतियोगीहरुलाई आमन्त्रण गरिएको थियो।
यसपालिको प्रतियोगिता ले सबै अपेक्षाहरु पार गर्न सफल रहयो । ४,४८५ सहभागिसहित अहिलेसम्मकै ठुलो सिजन हुन सफल भएको छ । यस प्रतियोगिताले करिब १७४ मिलियन भ्युज प्राप्त गरि दर्शक माझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको छ ।
सनसिल्क ग्याङ अफ गर्ल्सको सनसिल्क दसैँ भाइबका विजेता सार्वजनिक भएको छ। सुस्मिता बन्जरा, विजया प्रधान र सजिना खनाल गरी तीनजना विजेता भएका छन् । तीनैजना विजेताले एक–एक लाख प्राप्त गरेका छन् ।
युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीतका अनुसार, “संभव्त सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो, जुन व्यापक रुपमा वितरण हुनु का साथै लाखौं उपोभोक्ताले रुचाएका छन्। हामी , सौन्दर्ये निकै सरल रहेको र धेरै माध्याम बाट प्रदर्शन गर्न सकिन्छ भन्ने मा विश्वास गर्छौं। सनसिल्क बिस्वस्त छ कि यदि युवतीहरुले आफुलाई ब्यक्त गर्ने मौका पाएमा धेरै अगाडी बढ्न सक्छन, र सनसिल्कले यही मौका प्रधान गरेको छ। हामीलाई सनसिल्कका तीन उत्कृष्ट व्यक्तित्व भएका नयाँ विजेताहरुको घोषणा गर्दा निकै गर्ब महसुस भैरहेको छ। हामी, ब्रान्ड र हाम्रा उपभोक्ता हरु स्थानिय चाडपर्ब र संस्कृतिसँग जोडिएको हेर्न चाहन्छौ “
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १२ : १४
लेखकबाट थप