काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुन: नियुक्त भएका छन्। थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन्।बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।
साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन्। कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैंक र सीबीएल मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता