एनएसएलमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, ०९ : ३१
एनएसएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेल पोखरा थन्डर्स र धनगढी एफसीबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । 

झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ । चितवन प्लेअफ यात्राबाट यसअघि नै बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस