एनएसएल लिगमा धनगढी र काठमाडौं भिड्दै

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, ०९ : १५
एनएसएल लिगमा धनगढी र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । खेल साँझ ६ बजे सुरु हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ । 

काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ । 

जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो । धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ । 

काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । 

प्रतिक्रिया दिनुहोस