कैलालीको लक्ष्मीनारायण मन्दिरमा डा. केसीले थाले अनशन

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, २० : ०९
कैलालीको लक्ष्मीनारायण मन्दिरमा डा. केसीले थाले अनशन

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीनदिन अनशनमा बस्ने बताएका छन् ।

यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस