कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? (पूर्णपाठसहित)

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १२ : ४९
कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकरात्मक दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आज (बुधबार) वर्तमान आर्थिक अवस्थाकाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको पहल सकारात्मक रहेको उनले बताए । समग्रमा अहिले देशका अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनले बताए ।

उनले अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू देखिएको दाबीसमेत गरेका छन् । आफूले अर्थमन्त्रालय सम्हाल्दाको अवस्था र हालको अवस्थामा निक्कै फरह भएको महतको दाबी छ ।

उनले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको पहल सकारात्मक रहेको उनले बताए । समग्रमा अहिले देशका अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनले बताए ।

 ‘आर्थिक सूचक सकारात्मक भएको छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । परिणाम देखिन केही समय लाग्छ । मौद्रिक नीतिको समीक्षा पछि शेयर बजार पनि बढेको छ’ । मन्त्री महतले भने

देशको वर्तमान आर्थिक अवस्था र परिणामहरू जानकारी गराउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७।५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर, बैंक दर र निक्षेप संकलनको बोलकबोल दर घटाएको र जसबाट ब्याजदर क्रमश घट्दै गएको उनको भनाइ छ । २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको तथ्यांक पनि महतले पेश गरेका छन् ।

यस्तो छ ‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ विवरणको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस