जिग्रीको गीतमा धुर्मुस सुन्तलीको अभिनय

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १२ : १९
जिग्रीको गीतमा धुर्मुस सुन्तलीको अभिनय

काठमाडौँ  । हास्य श्रृखला ‘सक्किगोनी’का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । गीत गायनमा कुमारलाई गायिका अनु चौधरीले साथ दिएकी छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।

कुमारले गाएको यो पहिलो गीत भने होइन । उनले यस अगाडि ‘मञ्जरी’ ‘मायाले जीवन सजाऊ’ लगायत केही गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस