माछापुच्छ्रे बैंकले नेपाल भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि​

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १३ : ३८
माछापुच्छ्रे बैंकले नेपाल भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि​

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा ‘इन्स्टन पेमेन्ट नोटिफिकेसन’ प्रविधिको शुरूवात गरेको छ ।यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे नेपालमै पहिलो बैंक भएको छ ।​​

नेपालभरका फिन पीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नवीनतम् प्रविधिको शुरूवात गरेको हो ।अब माछापुच्छ्रे बैंकका फिन पीओएस मर्चेन्टहरूले कार्ड, क्यूआर–नेपाल पे वा फोन पे, र एम–स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुने बैंकले जनाएको छ ।

 

 

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवं विश्वसनीयता अझ बढ्ने बैंकको अपेक्षा छ ।​​बैंकका अनुसार यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिन पीओएस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुने छन् ।

साथै अन्य कुनै मर्चेन्टलाई यो प्रविधि आवश्यक परेमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।