मधेसका मुख्यमन्त्री यादवद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १२ : ४९
मधेसका मुख्यमन्त्री यादवद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार मध्यरात कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो दुःखद घडीमा मधेस प्रदेश सरकार पीडितहरूको साथमा रहेको बताए ।

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन नेपाल सरकारसमक्ष उनले आग्रहसमेत गरेका छन् ।

उनले मधेस प्रदेश सरकारले भूकम्प पीडितलाई सहयोग गर्न छिट्टै सर्वदलीय बैठक बस्ने बताए । सो बैठकबाट निर्णय गरेर जाजरकोटको भूकम्प पीडितलाई राहतको व्यवस्था गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस