काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताए ।
उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका बताए ।
उनले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।उनले भने, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । बिपनाको कुरा छाडिदिऊँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो ।
समानुपातिक राखेको त दलितहरू, विपन्न समुदायहरू, जनजातिहरू, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ । तर समानुपातिकमा त पार्टी भित्रका सबभन्दा धनाढ्यहरू, पहुँचवालाहरू आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रूपले विचार गर्नुपर्छ ।
समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य रहन्न हाम्रो पार्टीको ठहर छ ।’उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताए । त्यस्तै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म सङ्घीयताको विरोधी होइन तर सङ्घीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी
सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी
लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्छः चित्रबहादुर केसी
कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर
प्रतिगामीहरूले प्रजातन्त्रविरुद्ध हल्ला पिटेका छन् : अध्यक्ष केसी