विश्वकप क्रिकेट : अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, २० : १४
विश्वकप क्रिकेट : अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा पहिला ब्याटिङ गरेको अफगानिस्तान खेल सकिन १ बल बाँकी छँदै २८४ रनमा अल आउट भयो । ओपनरद्वय रमानुल्लाह गुरबाज र इब्रहिम जारदनले उत्कृष्ट सुरुवात गरेका थिए ।

टिमको स्कोर ११४ रन हुँदा जरदार व्यक्तिगत २८ रनमा आउट भए । अर्का ओपनर गुरबाजले ८० रन बनाए । इक्राम अलिखिलले ५८ रन बनाए ।

इंग्ल्याण्डका अदिल रसिदले ३ तथा मार्क उडले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस