अर्थतन्त्र सुधारको लागि ‘बोल्ड’ डिसिजन लिन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १२ : २३
अर्थतन्त्र सुधारको लागि ‘बोल्ड’ डिसिजन लिन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि ‘बोल्ड’ डिसिजन लिन आवश्यक भएको बताएका छन् । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।

उनले भने, ‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ । यसका आन्तरिक आयाम छन्। यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन् । तर, निर्णायक चाहिँ हामी आफैँ हो । नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ।  निर्णायक हामी आफैँ हो ।

उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए ।

प्रतिक्रिया दिनुहोस