'लभ सूत्र' को टिजर र फस्टलुक सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, १५ : ४६
'लभ सूत्र' को टिजर र फस्टलुक सार्वजनिक

काठमाडौं । विनय श्रेष्ठ, शिल्पा मास्के, सञ्जोग कोइरालाको शीर्ष भूमिका रहेको वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक भएको छ । यो सिरिज कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ हुने बताइएको छ ।

फिल्मको पढाइ हुने कान्तिपुर एकेडेमीले दशैं छेकोबाट ओटीटी सञ्चालनमा ल्याउँदैछ । सञ्चालनअघि उसले नेपाली फिल्मका चर्चित कलाकारहरु समावेश भएको नयाँ वेब सिरिजको टिजर ल्याएको हो । यसअघि ‘ब्रह्माण्ड’ र ‘मिस स्कारलेट’जस्ता सिरिजको घोषणा भइसकेको छ ।

रोमान्टिक लभस्टोरी र कमेडी जनरामा बनेको यो वेब सिरिजमार्फत अभिनयमा विनयको पुनरागमन समेत हो । विनयको पछिल्लो फिल्म ‘रोमियो एण्ड मुना’ पाँच वर्षअघि रिलिज भएको थियो । विनय फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माणमा समेत व्यस्त छन् ।

‘लभ सूत्र’लाई विनयको कम्पनी भी-मोसन पिक्चर्स र ओएसआर डिजिटलले निर्माण गरेका हुन् । निरोज महर्जन निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस