काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए ।
उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए । अध्यक्ष केसीले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गरे । उनले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गरे ।
अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गरे । उनले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म सङ्घीयताको विरोधी होइन तर सङ्घीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी
सडक नबन्दा जनताले घेर्न थाले, म अर्कै बाटो गाउँ जान्छुः चित्रबहादुर केसी
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी
लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्छः चित्रबहादुर केसी
कुलमानलाई बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत: चित्रबहादुर
प्रतिगामीहरूले प्रजातन्त्रविरुद्ध हल्ला पिटेका छन् : अध्यक्ष केसी