पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १६ : ३५
पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । अफगानिस्तानका नूर अलि जदरानले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २-२ विकेट लिए ।

अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस