एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग हार्‍यो नेपाल

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १० : ४१
एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग हार्‍यो नेपाल

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला कबड्डीमा मंगलबार नेपाली टोली इरानसँग पराजित भएको छ । समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपाली टोली इरानसँग पराजित भएको हो । इरानले नेपाललाई ४३—१९ अङ्कको फराकिलो अन्तरले हरायो । 

यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३७—२४ अङ्कले हराएको थियो । इरानलाई हराउन सकेको भए नेपाल मंगलबार नै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने थियो । त्यसपछि नेपालले कम्तीमा कांस्य पदक जित्ने पक्का हुने थियो ।

तर, अब सेमिफाइनल समीकरणका लागि इरान र बंगलादेशबीच बुधबार हुने खेलको नतिजालाई पर्खनु पर्नेछ । उक्त खेलमा बङ्गलादेश पराजित भए नेपाल सजिलै सेमिफाइनलमा पुग्नेछ । तर, उक्त खेलमा बङ्गलादेश विजयी भए नेपालको सेमिफाइनल यात्रा कठिन बन्नेछ । महिला कबड्डीको समूह ‘ए’ मा भने भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस