राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १० : ४३
राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको मृत्यु

काठमाडौँ  । राष्ट्रपति कार्यालय शितलनिवासमा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको छ । बबरमहल निवासी कार्की बिहीबार राती सुतेको स्थानमा अचेत अवस्थामा फेला परेपछि परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए ।

 

कार्यालयका प्रवक्ता एवं सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार नर्भिक पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्कीले कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस