एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १६ : ०६
एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं। चीनमा हुन गइरहेको १९ औं एसियाली खेलकुदका नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टी–२० फम्र्याटको यो प्रतियोगिताका लागि भेट्रान ब्याटर विनोद भण्डारीले पुनरागमन गरेका छन् ।

अन्य खेलाडी अधिकांश एसिया कप खेलेका नै छन् । जसमा रोहित र विनोदसँगै करण केसी, प्रतिश जीसी, आसिफ शेख, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी र सन्दीप जोरा छन् ।यस्तै, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा छन् । 

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्नेछ ।समूह ‘ए’मा नेपाल, मंगोलिया र माल्दिभ्स छन् । 

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस