शाहरुख खानको ‘जवान’ को कमाई ६०० करोड भारु पार

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, ११ : ०३
शाहरुख खानको ‘जवान’ को कमाई ६०० करोड भारु पार

एजेन्सी। शाहरुख खानको फिल्म ‘जवान’ को विश्वभरि बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ ।समाचार एजेन्सी पिटिआईका अनुसार निर्माताले जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको दाबी गरेका छन् । यसले विश्वभरि ६२१.१२ करोड भारुको कमाई गरेको छ । 

तमिल फिल्म निर्माता एटलीले यसको निर्देशन गरेका हुन् जसमा नयनतार र विजय सेतुपति र दीपिका पादुकोण पनि छन् ।सात सेप्टेम्बरमा यो विश्वभरि हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिएको थियो । यो फिल्मलाई गौरी खान र गौरव वर्माले निर्माण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस