ललिता निवास प्रकरण: धरौटी बुझाउन नसकेपछि अरुणकुमार श्रेष्ठ कारागार चलान

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, ११ : ५३
ललिता निवास प्रकरण: धरौटी बुझाउन नसकेपछि अरुणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो ।

एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो । १७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् ।

नापी कार्यालय मैतीदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन् । अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो । उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन् । तर, धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस