एसियाली खेलकुदका लागि दक्षिण कोरियाको इस्पोर्ट्स टिम तयार

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १५ : ४७
एसियाली खेलकुदका लागि दक्षिण कोरियाको इस्पोर्ट्स टिम तयार

एजेन्सी। दक्षिण कोरियाली खेलकुद टोलीले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाली खेलकुदको तयारीलाई तीव्र बनाएको छ ।एशियाली खेलकुदका लागि दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीले तयारी गरिरहेका छन् । उनीहरुले उपाधिलाई मुख्य लक्ष्य राखेर तयारी गरिरहेको बताए ।

स्वर्ण पदक जित्नु नै आफ्नो मुख्य लक्ष्य भएको दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीका प्रतियोगी क्वाक जुन ह्युकले बताए । उनले आफ्नो प्रतिद्वन्द्वी थाइल्यान्ड भएको बताए ।त्यस्तै अर्का प्रतियोगी पार्क की योङले पनि आफू स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने बताए । उनले थाइल्यान्ड आफूहरू भन्दा धेरै बलियो रहेको र साथमा चीन पनि बलियो प्रतिद्वन्द्वी रहेको बताए । 

 

त्यस्तै दक्षिण कोरियाली फिफा अनलाइन ४ टोलीका प्रशिक्षक शिन बो सेकले अहिले दक्षिण कोरियाको टिम सोचेको भन्दा राम्रो रहेको र एसियाली खेलकुदको लागि तयार रहेको बताए । उनले एसियाली खेलकुदमा आफूहरुको पहिलो पटक सहभागिता भएकाले केही समय पहिला कठिनाइ भोग्नुपरेको बताए ।

अहिले सबै राम्रो बन्दै गइरहेकाले खेलाडीहरू नतिजा ल्याउने गरी तयारीमा लागेको बताए । फिफा अनलाइन ४ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत सातमध्ये एक खेल हो ।

प्रतिक्रिया दिनुहोस