ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिललाई पठायो

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ११ : ३७
ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिललाई पठायो

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।

सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको जानकारी दिए । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको छ ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ ।

प्रतिक्रिया दिनुहोस