सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ०९ : १६
सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

काठमाडौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ। 

पछिल्लो समय पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूसँग बयान लिइरहेको सीआईबीले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारसँग सोमबार साँझ बयान लिएको हो। सो प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए।

यस्तै सीआईबीले फरार भनिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग पनि सोमबार बयान लिएको छ। 

यस्तै सीआईबीले फरार भनिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग पनि सोमबार बयान लिएको छ।

यसअघि सोही प्रकरणमा आइतबार राति सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको थियो। 

प्रतिक्रिया दिनुहोस