नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : नेता निधि

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १३ : २४
नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलचन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् । 

आज काठमाडौँमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए । 

नेता निधिले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि कांग्रेसका नेताहरूले नमानेको भन्दै आपत्ति जनाए । उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताए ।नेता निधिले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस