काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा यो साताको शुक्रबार ७०० रुपैयाँले सुनको मूल्य घटेको महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्मा ७०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । यसबाहेक, यो साता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।जुन, यो साताको शुक्रबार १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?