बारा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आज शुक्रबार एक समारोहबीच टैंकट्रक (ताल्चा) लकिङ्गको शुभारम्भ गरेका छन् ।
पेट्रोलियम पदार्थमा भई रहेको चुहावट अन्त्य गर्न मन्त्री रिजालले नेपाल आयल निगम मधेश प्रदेश प्रादेशिक कार्यलय अमलेखगन्जको आयोजनामा दोस्रो चरणको टैंकट्रक (ताल्चा) लकिङ्गको शुभारम्भ गरेका हुन् । मन्त्री रिजालले ट्रयाङ्करमा ताल्चा लगाएर साँचो पम्पधनीलाई हस्तान्तरण गरेका छन् ।
आयल निगम प्रादेशिक कार्यालय अम्मेखगन्जका प्रमुख विनितमणी उपाध्यायले ट्याङ्करमा ताल्चा लगाई (ताल्चा) लकिङ्गले पेट्रोलियम पदार्थ चुहावटमा नियन्त्रण आउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १८ : ३२
लेखकबाट थप