काठमाडौँ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’
देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्ने देउवाले बताए । ‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ,’ उनले भने । कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताए ।
सङ्घीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?