काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत निर्यात गर्ने प्रारम्भीक सहमति भएको स्मरण गरे । त्यो समझदारीलाई मूर्त रुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर सम्वादमा रहेको उनले बताए । बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।
हालै इटलीमा भएको भेटमा पनि बंगलादेशमा प्रधानमन्त्रीसँग पनि विद्युत व्यापार बढाउने कुराकानी भएको भन्दै उनले अघि भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दुरगामी र महत्वपूर्ण सहमति हुने विश्वास दिएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड