काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर जनताको मन जित्ने बताएका हुन् ।
‘यस पटक राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन । जनताका निम्ति समाजवाद ल्याउन नयाँ पहल कदमी लिन्छु,’– प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले सरकार शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्न क्रियाशील रहेको पनि बताए । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्न सुनियोजित तरिकाले घटाइएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड