चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

सफल खबर संवाददाता

बुधबार, ३१ साउन २०८०, १० : ५१
चिनियाँ उच्च सैनिक टोली नेपाल आउँदै

काठमाडौँ । चीनबाट उच्च सैनिक तहको टोली आज नेपाल आउने भएको छ । चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे टोलीसहित काठमाडौँ आउने भएका छन् हुन् । 

 

नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने  उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।

नेपाल भ्रमणमा आउन लागेका युलेसहितको टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको

प्रतिक्रिया दिनुहोस