काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो भदौ ३० गते अमेरिका जाने भएका छन्। अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो।
आज मङ्गलवार सम्पादकहरूसँगको छलफलमा उनले १६ सेप्टेम्बर (भदौ ३०) मा अमेरिकाको न्यूयोर्क जाने बताए। अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ। २१ सेप्टेम्बरमा सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए।
२५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, २१ : ३५
लेखकबाट थप