ललिता निवास प्रकरणमा मैले कुनै बदमासी गरेको छैन :अध्यक्ष नेपाल

सफल खबर संवाददाता

मंगलबार, २३ साउन २०८०, १६ : १४
ललिता निवास प्रकरणमा मैले कुनै बदमासी गरेको छैन :अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले केही भन्नुपर्ने नरहेको उनको भनाइ छ ।

स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले भने, ‘नबिराउनु नडराउनु । मैले कुनै बिराएको छैन, बदमासी गरेको छैन, भ्रष्टाचार गरेको छैन । मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टरप्लान अघि बढाउन पक्षमा गरेको हुँ ।

कुनै अनुचित काम गरेको छैन । कुनै व्यक्तिलाई उन्मुक्ति दिने होइन । छानबिन गर्ने, बदमासी गरेको छ भने दण्डित गर्ने ।’उनले आफूले कुनै अनुचित काम नगरेको भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस