काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गर्ने निर्णय बैठकले गरेको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास छ ।
सदन सन्चालनका लागि सत्ता पक्षको मात्र नभइ प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्ने भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने, ‘विभिन्न तहमा छलफल हुँदैहुँदै सम्माननीय सभामुखज्युले नै शीर्ष नेतालाई नै बोलाउनु भएको छ भने त्यहाँ समस्याको समाधान हुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं, समस्याको समाधान त हुनैपर्छ ।’
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले त्यसको आवश्यकता नभएको जनाएको छ ।सुन तस्करी प्रकरणमा राजश्व छलीसँग सम्बन्धित विषय राजश्व अनुसन्धान विभागले र संगठित अपराधसँग सम्बन्धित विषय सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसबाटै निचोडमा पुग्न सकिने माओवादी नेता पाण्डेको भनाइ छ ।
यसक्रममा सुशासनका जति पनि विषयवस्तु पनि छन् त्यसमा निर्दोष व्यक्ति पर्दैनन् र दोषी व्यक्तिले उन्मुक्ति पाउँदैनन् भनेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले र उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा भनेको पाण्डेले जानकारी समेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने