काठमाडौँ । दक्षिण सीमावर्ती क्षेत्रमा भारतले लगाएको नेपाली गाडीमाथिको प्रतिबन्ध हटेको छ । केही दिनयता विविध कारण देखाउँदै भारतले नेपालबाट रक्सौलसम्म जाने नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे गाडीहरुलाई प्रवेश निषेध गरेको थियो ।
जानै पर्ने भएमा त्यस्तो गाडीले विशेष पास लिएर मात्र प्रवेश पाउने व्यवस्था सीमावर्ती भारतीय कस्टमले गरेको थियो । तर, पछिल्लो पटक भारतीय महावाणिज्य दूतावास तथा भारतीय कस्टमका प्रमुखसँग नेपाली पक्षको छलफलपछि नेपाली गाडीमाथिको प्रतिबन्ध खुलाउन भारत तयार भएको हो ।
योसँगै अब नेपालबाट भारतको रक्सौल तथा आसपासका क्षेत्रमा नेपाली गाडीहरु निर्बाध जान सक्नेछन् । तर, यसरी भारत जाने र नेपाल प्रवेश गर्ने सवारी साधनहरुले तोकिएको प्रक्रिया भने पुर्याउनुपर्ने वीरगंज भन्सार कार्यालय प्रमुख डिराम मन्थीले बताए ।
क्रसबोर्डर आऊ–जाऊ गर्ने सवारी साधनले तोकिएको पासमा १ हप्तासम्मका लागि विशेष पाउने गर्छन् भने थप समय लिनुपर्ने भएमा निश्चित रकम तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १४ : ५४
लेखकबाट थप