शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १४ : ४१
शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् ।

अध्यक्ष अग्रवाल गत शुक्रबार अर्थात् साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका थिए।कम्पनीका यसअघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी सञ्चालक समितिले रिक्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको थियो ।

नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपनडोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् । 

प्रतिक्रिया दिनुहोस