ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालिन प्रमुख पोखरेल थुनामुक्त

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १४ : ३८
ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालिन प्रमुख पोखरेल थुनामुक्त

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पकाउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका दुई जना थुनामुक्त भएका छन् ।

प्रहरीको हिरासतमा रहेका तत्कालिन समरजंग कम्पनीका प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान थुनामुक्त भएका हुन् । खेतानले आफ्नो नाममा सारेको जग्गा पुनः नेपाल सरकारलाई फिर्ता गरिदिने कागज गरेपछि थुनामुक्त भएकी हुन् भने पोखरेलको स्वास्थ्य अवस्था नाजुक भएको कारण बोलाएको दिन हाजिर हुन आउनेगरी थुनामुक्त गरेको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका थिए । जसमा बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत,सिद्धिका खेतान र रमेशकुकार पोखरेल थुनामुक्त भएका छन् भने हाल २० जना आरोपित हिरासतमा रहेका छन् ।

हाल यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन कार्यलय प्रमुख कलाधर देउजालगायत हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस