चितवन । चितवनकाे भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।
बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ । १८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठाेकिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
धादिङमा दुइवटा कार आपसमा ठोकिदाँ चार जना घाइते