दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, २० : ४०
दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।

घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका- ६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

बसमा सवार २५/२६ जनामध्ये १७ घाइते भएका र उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरुको अवस्था सामान्य छ ।डीएसपी गौतमका अनुसार घोराहीबाट लमहीतर्फ जादै गरेको बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीले बस चालक स्मित डिसी र टिपर चालक कुलराज घर्तीलाई नियन्त्रणमा लिएको छ ।