नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण सवारी एकतर्फी मात्र सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ११ : ५१
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण सवारी एकतर्फी मात्र सञ्चालन

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा बिहान पहिरो खस्दा सवारी एकतर्फी मात्र सञ्चालन भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा रहेको कालीखोलामा पहिरो खसेका कारण एकतर्फी मात्र सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख चुडामणी पोख्रेलले जानकारी दिएका छन् ।थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रमुख पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस