ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने २ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १३ : ५३
ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने २ जना पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन । यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ । नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस