ललिता निवास प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १५ : ३२
ललिता निवास प्रकरण : नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।

श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।

अदालतको अन्तरिम आदेशले छुटकाहरुलाई पनि सर्वोच्च अदालतले शुक्रवार गरेको आदेशले पक्राउ गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस