जलेश्वर भन्सारबाट पेट्रोलियम पदार्थ ढुवानी घट्यो, राजस्व संकलनमा कमी

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १६ : ४१
जलेश्वर भन्सारबाट पेट्रोलियम पदार्थ ढुवानी घट्यो, राजस्व संकलनमा कमी

महोत्तरी। महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो । 

जलेशवर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ ।

प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो ।जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस