काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, १२ : ५७
काठमाडौं महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ । 

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो । 

भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस