ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, ०७ : ३३
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ

काठमाडौ । ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज बुधवार पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलवार बहस हुँदाहुँदै समय सकिएपछि बुधवार सुनुवाइ हुने भएको हो ।

ललिता निवास प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर भएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस