ललिता निवास प्रकरण

बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पनि सुनुवाइ

सफल खबर संवाददाता

सोमबार, ०१ साउन २०८०, २० : २१
बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पनि सुनुवाइ

काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार पनि सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको हो ।

इजलासले सोमबार बहस टुंग्याउन आदेश दिँदै सोमबार नै आदेश जारी गर्ने जनाएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा पक्राउ परेका ४ जनाले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।

सचिव कृष्णबहादुर राउत, व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस