ललिता निवास प्रकरण : सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, ११ : ३७
ललिता निवास प्रकरण : सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो । सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङका अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

 

उनीहरुले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । चारै जनाको हकमा यसअघि एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस