ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, १२ : ५५
ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।  भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई)  बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो । 

 

यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।  भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।

 

सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :

 

१. मीन बहादुर गुरुङ - भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)

२. सुधीर कुमार शाह - पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम- शाखा अधिकृत

४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६. घमान कुमारी कार्की- नापी सर्वेक्षक 

७.बाबुराजा महर्जन- नक्कली मोही 

८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन- मोही 

१०.लोकहरी घिमिरे - समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक 

१२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव 

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत  (असार २६)

१४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत 

१५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी  (असार २७)

स्टे अर्डरमा छुटेका ।

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत । 

प्रतिक्रिया दिनुहोस