ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, १४ : २९
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौँ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

योसँगै सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस